इपीएस पास गरेकाहरु लाई छिटो काेरिया पठाउ भन्दै डिला पुगिन परराष्ट्रमा !

दक्षिण कोरियााको लागि भाषा परीक्षा पास गर्ने सहितका प्रक्रियाका सकेर पनि जान नपाएकाहरुको समस्या लिएर कांग्रेस छायाँ मन्त्री डा.डिला संग्रौला परराष्ट्र मन्त्रालय पुगेकी छिन। कांग्रेस श्रम तथा रोजगार छायाँ मन्त्री डा.संग्रौलले १३ महिना भइसक्दा पनि सबै प्रक्रिया पूरा गरेकाहरुलाई कोरिया लाने वातावरण नभएपछि ध्यानाकर्षण गराउन पीडितको पक्षबाट ज्ञापनपत्र बुझाएको जानकारी दिइन।

कोभिड अगाडिदेखि भाषा परीक्षा पास गर्ने देखिका सबै प्रक्रिया पूरा गरेका १० हजार युवाहरु अलपत्र परेका छन। १३ महिनासम्म पनि उनीहरुलाई लाने वातावरण बनाइएको छैन। डा.संग्रौलाले भनिन, सरकारले चासो नराख्दा उनीहरु जान पाएनन। अब एक महिनाभित्र जान पाएनन भने उनीहरुको प्रक्रिया रद्द समेत हुन सक्ने भएकोले ध्यानाकर्षण गराएका हौ !

छायाँ मन्त्रालयको जिम्मेवारी सम्हालेकोले आफूले पीडितको तर्फबाट ज्ञापनपत्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाललाई बुझाएको जानकारी उनले दिइन ! !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top